सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय


  •    न्युजभित्तो/२५ भाद्र २०७७, बिहीबार १६:४४ 
  • काठमाण्डौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो ।

    उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच आज भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नियमित उडान शुरु भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने जनाइएको छ ।

    नियमित उडान नभएका मुलुकमा पिसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सङ्ख्या थप गरिने पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । उहाँले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको भन्दै उनीहरूको स्वदेश फिर्तीका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै जाने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.