सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा


  •    न्युजभित्तो/२२ भाद्र २०७७, सोमबार १९:४१ 
  • रत्ननगर (चितवन) । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला परेको व्यवसायीहरु बताउँछन् ।

    जारी निषेधाज्ञा भन्दाअघि सौराहाका केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै यहाँको स्थानीय तहले यस क्षेत्र ‘सिल’ गरेको थियो । अहिले सौराहा कोरोनामुक्त भइसकेको छ । चैतको दोस्रो सातादेखि नै यहाँका होटल तथा रेष्टुराँहरु बन्द भएका छन् ।

    कोभिड–१९ को त्राससँगै फाट्टफुट्ट मात्र अन्तरिक पर्यटक आउने गरेका थिए । बेमौसम९अफसिजन०को समयमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा यहाँका व्यवसायीहरु निराश बनेका छन् । सौराहामा असारदेखि असोजसम्मको समय अफसिजनका रूपमा लिइन्छ । व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएको भन्दै असोजसम्म नै होटल बन्द गर्ने निष्कर्षमा पुगेका होटल व्यवसायीहरू बैंकको कर्जाका कारण चिन्तित बनेका छन् ।

    पर्यटन व्यवसायी टीका गिरीले पर्यटन व्यवसायको अम्दानीलाई नै आयस्रोत देखाएर बैंकबाट कर्जा लिएको बताउनुभयो । पर्यटक नभएपछि अहिले सबैजसो होटल तथा रेष्टुराँहरुमा ताला लागेको उहाँको भनाइ छ । बैंकको ब्याज तिर्न नसक्दा ठूलो मर्का परेको छ, उहाँले भन्नुभयो,“राज्यले ब्याजमा छुट हुने भने पनि त्यसो भएन । कर्जाका कारण पर्यटनका संरचना जोगाएर राख्नै कठिन भयो ।”

    बैंकबाट कर्जा लिएर पर्यटन संरचना बनाई रहनुभएका व्यवसायी नगेन्द्र चापागार्इंको पीडा पनि उस्तै छ । उहाँ अहिले एक पटक दुई हजार जना अटाउने सभाहल निर्माण गर्दै हुनुहुन्छ । सभाहलको निर्माण कार्य त रोकिएको छ नै यो भन्दा चिन्ता उहाँलाई बैंकको ब्याज भएको छ । पर्यटन व्यवसायीलाई राज्यले राहत दिनुपर्ने उहाँ बताउनुहुन्छ । “यति लामो समयसम्म बन्दाबन्दी हुन्छ भन्ने सोचेका थिएनौँ”, उहाँले भन्नुभयो, “कोरोनाले अझै केही समय पर्यटक आउने वातावरण नबन्ने भएकाले यहाँको पर्यटन थला परिसकेको छ । कतिपय व्यवसायी साथीहरु होटल बिक्री गर्नेसम्म पुगेका छन् ।”

    अर्का व्यवसायी रमेश दाहाल कोरोनाले अति प्रभावित भएको क्षेत्र पर्यटन भएको बताउनुहुन्छ । सरकारले ब्याजमा छुट गर्न बैंकहरुलाई आह्वान गरेसँगै चैत, वैशाख र जेठ महिनामा दुई प्रतिशत छुट पाएको उहाँको भनाइ छ । असारदेखि बैंकहरुले कुनै छुट नदिएपछि व्यवसाय थप धराशीय बनेको बताउनुभयो ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै चार लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको बताउनुभयो । “अहिले बैंकबाट आउने ताकेताले मानसिक असर परेको छ”, उहाँले भन्नुभयो, “न साँवा फिर्ता गर्न सक्छांँै, न त ब्याज नै । होटल खोलेर मात्रै पनि भएन । अहिले पर्यटक आउने सम्भावना नै छैन ।”

    विद्युत्को महसुल बुझाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको उहाँ बताउनुहुन्छ । विद्युत् महसुल बुझाउन नसकेपछि विद्युत् प्राधिकरणले लाइन काट्न शुरु गरेको उहाँको भनाइ छ । थला परेको यहाँको पर्यटन व्यवसाय उठ्न करिब दुई वर्ष लाग्ने उहाँ बताउनुहुन्छ । नेपालको तेस्रो पर्यटकीय क्षेत्रको रुपमा परिचित सौराहामा साना ठूला गरी १२० वटा होटल तथा ५७ वटा रेष्टुराँ रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.