सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने अधिकांश मोटरसाइकल


  •    न्युजभित्तो/८ भाद्र २०७७, सोमबार १७:४३ 
  • चितवन । जिल्लामा निषेधाज्ञा जारी भएको आज सोमबार दश दिन पुगेको छ । निषेधाज्ञा जारी भएसंगै यसको उल्लङ्घन गर्नेहरुलाई कारवाहि गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाहि गरीएको छ ।

    कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अवज्ञा गर्दै हिड्नेहरुलाई कारवाहि गरेको हो । उहाँका अनुसार कारवाहिमा पर्नेमा ५० प्रतिशत मोटरसाइकल रहेका छन् । विभिन्न वहनामा वजार निस्कन खोज्ने उनीहरुलाई कारवाहि गरिएको हो । कारवाहि स्वरुप १ सयदेखि ५ सयसम्म जरिवाना गरिएको छ । यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन् । अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत अशुल गरेको जनाएको छ । उहाँले भन्नुभयो “विभिन्न वहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री र साईकल यात्री सबैलाई कारवाही गरिएको छ ।” काम बिनानै निस्कनु रोगको जोखिम मोल्नुभएको भन्दै उहाँले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको कार्यालयले जनाएको छ ।

    कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको छ । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण वढ्दै गए पछि गत साउन ३० गते मध्य रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र यही भदौ पाँच गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना सङक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । आजसम्म जिल्लामा ३ सय ४५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । ती मध्ये तीन जनाको अकालमा मृत्यु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.