सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहाका होटल पुनः बन्द


  •    न्युजभित्तो/२९ श्रावण २०७७, बिहीबार ०८:२५ 
  • चितवन । पर्यटकीय नगरी सौराहाका होटल पुनः बन्द भएका छन् । सरकारले होटल तथा रेष्टुरेण्टबाट टेकअवे सेवा मात्रै दिन पाईने निर्णय गरेसँगै यहाँका होटलहरु बन्द भएका हुन् ।

    साउन १५ गतेबाट खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार सरकारले होटल वन्द गर्ने भनेसँगै होटलहरु बन्द गरिएका हुन् । चैत ११ गतेबाट बन्द भएका होटल चार महिना पछि साउन १५ गतेबाट सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाई, मर्मत सम्भार, रंग रोगन, इन्टरनेट जडान लगाएतका काम सकिन नपाउँदै पुनः होटल बन्द भएको भट्टराईले बताउनुभयो ।

    रोगको संक्रमणका कारण वन्द गर्नु बाध्यता भए पनि खोल्ने र वन्द गर्ने गर्नुपर्दा नोक्सान वढि भएको उहाँको भनाई छ ।

    होटलहरुसँगै रेष्टुरेन्टहरु पनि बन्द हुन थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुरेन्टमा ग्राहक नआउने व्यवसायीहरुको भनाई छ । सौराहामा १ सय १० होटल रहेका छन् । यसै गरी साना ठूला १ सय हाराहारी रेष्टुरेन्ट छन् ।

    चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आउने गर्दछन् । प्रत्येक वर्ष दुई लाख हाराहारी पर्यटक यहाँ आउने गर्दथे । लकडाउनका कारण यस वर्ष पर्यटकको संख्या निकै घट्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.