सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय बाणिज्य बैंक चौबीसकोठीका २४ जना कर्मचारीको कोरोना परीक्षण नतिजा नेगेटिभ


  •    न्युजभित्तो/२८ श्रावण २०७७, बुधबार ०९:१२ 
  • चितवन । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परीक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ । शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।

    शनिबार गरिएको परीक्षणमा त्यहाँ हाजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउण्टरमा कार्यरत एक कर्मचारीको नतिजा पोजेटिभ आएको थियो । त्यस लगत्तै त्यहाँका सबै कर्मचारी घरकै क्वारेन्टिनमा बसिरहेका छन् । प्रबन्धक न्यौपानेले अन्य केही कर्मचारीको स्वाब परीक्षण गरेर बैंक खोल्नु पर्ने कर्मचारीको भनाई रहेको बताउनुभयो । बाणिज्य बैंकमा सेवाग्राहीको ठूलो चाप उच्च हुने गर्दछ ।

    अन्य कर्मचारीको स्वाबको नतिजा नेगेटिभ आएसँगै त्यहाँ कारोवारका लागि पुगेका सर्बसाधारणमा खतरा कम भएको देखिएको छ । बैंक बन्द हुँदा अरु बैंकलाई नोट कोषको काम गर्न अप्ठ्यारो परेको छ । त्यस बाहेकका सबै काम अन्य शाखाबाट हुने न्यौपानेको भनाई छ । बैंक बन्द भए पनि मंगलबार पेन्सनको रकम सम्बन्धितको खातामा पठाईएको उहाँले जानकारी दिनुभयो । जिल्लामा यसै बैंकले राष्ट्र बैंकमार्फत गर्नुपर्ने कतिपय काम गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.