सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको चियादानीमा ३० थरिका चिया, मट्कादेखि स्ट्रेबरी चियासम्म पाईने


  •    न्युजभित्तो/२६ श्रावण २०७७, सोमबार २१:०९ 
  • चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् । यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन् । स्वदेशमा केही गर्ने कि विदेश जाने ढुलमुलमा रहेका २६ वर्षीय फणीन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव सँगाल्दै युवा पुस्तालाई लक्षित गरेर चियादानी नामक चियापसल सञ्चालनमा ल्याउनुभएको छ । भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक नजीकै उहाँले मासिक रु १५ हजार भाडा तिर्नेगरी चियादानी सञ्चालनमा ल्याउनुभएको हो ।

    चिया पिउन पुग्ने जो कोही पनि त्यहाँको सजावट देखेर दङ्ग पर्छ । उहाँले भन्नुभयो, “फालिएका सामग्री प्रयोग गरेर मैले चियापसल शुरु गरँे ।” पुराना टायरको टेबल र कुर्सी छन् । थोत्रो विक्रम ट्याम्पोमा काउन्टर र बसेर चिया खाने ठाउँ छ । सजावटसँगै आनन्दित पनि बनाइएको छ । उहाँले थप्नुभयो, “झुलामा झुल्दै चिया पनि पिउन सक्नुहुन्छ ।” पुराना सामानले सजाएपनि कोठा वातावरण अनुकूलित छ । सिलिङमा साइकलका पुराना रिङभित्र बत्ती बलिरहेको देख्न सकिन्छ ।

    सानो ठाउँमा चटक्क मिलेर तन्नेरीहरु चियामा रमाइरहेको देख्न पाइन्छ । न्यौपानेले भन्नुभयो, “म कहाँ ३० थरीका विभिन्न थरी चिया पाइन्छ ।” धेरैको आकर्षण मट्का चियामा छ । माटाको तातोतातो भाँडामा चियाको छुट्टै आनन्द लिन युवासँगै वृद्धवृद्धा पनि आइपुग्छन् । मट्कासँगै स्पाइसी, एप्पल, मेरो चिया, अदुवालगायत चिया चियादानीमा पाइन्छ । न्यौपानेका अनुसार प्रतिकप रु १० को कालो चियादेखि ७० पर्ने मट्का वा स्ट्रबेरी चियासम्म त्यहाँ पाइन्छ ।

    न्यौपानेलाई भाइ सुवास र एकजना कर्मचारीले साथ दिइरहेका छन् । विदेशिने तर्खरमा लाग्नुभएका न्यौपानेलाई पोखरामा चलिरहेको चियादानीले ध्यान खिच्यो । सामाजिक सञ्जालमा तन्नेरीको समूहमा आवद्ध न्यौपानेले सरसापट र ऋण गरेर यही व्यवसाय थाल्नुभयो । उहाँले भन्नुभयो, “दैनिक १५० हाराहारी ग्राहक आउँछन् ।” लकडाउनअघि पसल तयार गरेको भए पनि लकडाउनपछि मात्र खुलेको हो । दैनिक रु १० हजार हाराहारीको व्यापार भएको उहाँको भनाइ छ । सबै राम्रो भएको भन्दै उहाँले माटाका गिलास पाउन मुस्किल भएको बताउनुभयो ।

    भरतपुर महानगरपालिका–१५ फूलबारीका न्यौपानेसँग यसअघि सेन्ट्रल पाम र मितेरी होटलको अनुभव छ । उहाँले भन्नुभयो, “फरक तरिकाले काम गर्न सक्यो भने स्वदेशमा नै केही हुँदोरहेछ । विदेश जानु पर्दैन ।” कोरोना सङ्क्रमण सकिएपछि चियादानीलाई विस्तार गर्ने सोचसमेत आफूमा आएको उत्साहित हुँदै उहाँले सुनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.