सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले पुल भत्काएपछि अस्थायी सडक निर्माण


  •    न्युजभित्तो/१४ श्रावण २०७७, बुधबार २०:३७ 
  • मुग्लिन (चितवन) । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।

    यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा यातायात अवरुद्ध बनेको हो । अवरुद्ध यातायात पुनः सञ्चालन गराउन तत्काल अस्थायी रुपमा सडक निर्माणको काम शुरु भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

    अस्थायी सडक निर्माणका लागि खोलामा ह्युम पाइप जडान गरी वरपर ग्याबिन, तार, जाली र ग्राभेलिङ गर्ने काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ । अस्थायी सडक निर्माणका लागि १२ ह्युम पाइप र ४० ट्रिप ढुङ्गा ग्राभेल राख्ने काम भएको अध्यक्ष गुरुङले बताउनुभयो । यही साउन १२ गतेदेखि नै अस्थायी सडक निर्माण शुरु गरिएको र एकदुई दिनभित्र अवरुद्ध यातायात सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

    झण्डै दुई दशकअघि बनेको पुल बाढीले बगाउँदा इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक हरिपुर पुल हुँदै सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे । बाढीले पुल भत्काएपछि त्यस भेगका करीब तीन हजारभन्दा बढी नागरिकलाई यातायातमा आउजाउ गर्न असुविधा भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.