सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा मापदण्डलाई पालना गर्दै अब यसरी सञ्चालन हुन्छन् होटल


  •    न्युजभित्तो/१२ श्रावण २०७७, सोमबार २०:०५ 
  • सिबी अधिकारी

    काठमाण्डौं । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ ।

    बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन स्वास्थ्य सजकता र आवश्यक जनशक्ति परिचालन गरेर व्यवसाय शुरु गर्न लागिएको हो । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेपछि व्यवसायीले अहिले पर्यटकस्तरीय होटलले आफ्नो तयारी गरिरहेका छन् । पाँचतारे होटललाई भने शुरुमा केही समस्या हुनसक्ने व्यवसायीको भनाइ छ ।

    तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तर्राष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आसमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । होटल एशोसिएशन अफ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताउनुभयो ।

    सरकारले बजेटमा घोषणा गरेअनुरुप ‘देश दर्शन’ कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवद्र्धन हुने ठम्याइका साथ हानले विभिन्न आकर्षक प्याकेज बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसीआर सेन्टर स्थापना गरेर चाडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउन सके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताउनुभयो ।

    होटल सञ्चालनको तयारी गरिए पनि शुरुआति चरणमा पर्यटक अभावले कठिनाइ हुने व्यवसायीको ठम्याइछ । आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु हुने भएकाले होटल व्यवसाय क्रमशः सहज हुदैँ जाने उनीहरुको आँकलन छ । होटल व्यवसाय सञ्चालन शुरुआतिका एक सिफ्ट अर्थात् दैनिक आठ घण्टा मात्रै कमभन्दा कम कर्मचारीबाट सञ्चालन गरिनेछ । सामान्य अवस्थामा होटल तीन सिफ्टमा सञ्चालन हुन्थ्यो ।

    कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित सेवा सञ्चालनको सुनिश्चितताका लागि होटल व्यवसायीले सुरक्षा मापदण्डको अभ्यास गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार र होटलले बनाएको स्वास्थ्य प्रोटोकलका आधारमा सेवा सञ्चालन गरिने व्यवसायीले बताएका छन् । अबको १५ दिन आन्तरिक तयारीमा जुट्ने योजना बनाएका व्यवसायीले विदेशी पर्यटक नेपाल आउँदा शुरुमा स्वास्थ्य परीक्षण र क्वारेन्टिन कसरी र कति अवधि भन्नेबारे चाडो निर्णय गरेको खण्डमा व्यवसायीले तयारी गर्न सहज हुने उपाध्यक्ष शाहको भनाइ छ ।

    कोभिडसँगै व्यवसाय अघि बढाउनुपर्ने बाध्यता रहेकाले पनि व्यवसायीले त्यसअनुरुपको तयारी गरेका हुन् । छिमेकी मुलुक भारत र चीनबाट अहिले पनि धेरै संख्यामा पर्यटक आउन चासो देखाइरहेका छन् । तर यसका लागि उडान सहज भएपछि पनि स्वास्थ्य सुरक्षा सुनिश्चितता चाहिन्छ । कतिपय मुलुकका पर्यटक नेपाल आउन बुभिङ गरिरहेका पनि व्यवसायीले जनाएका छन् । आगामी अक्टोबर महिनाबाट पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित व्यवसायीले बुकिङ लिएको बताइएको छ । हानमा आबद्ध पर्यटकस्तरदेखि पाँचतारे गरी तीन हजारभन्दा बढी होटल छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.