सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिदाको दिन सरकारी गाडी चढेर उपप्रमुख कँडेल बिहेभोजमा गएपछि स्थानीयद्वारा आलोचना


  •    न्युजभित्तो/१३ असार २०७७, शनिबार १८:५४ 
  • गैंडाकोट । लकडाउनको समय त्यसमाथि शनिबार सरकारी सुविधाको गाडी चढेर विहे भोजमा गएको भन्दा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलको आलोचना भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १७ स्थित होटल रेड हाउसमा उपमेयर सरकारी बा २ झ १३४९ नम्बरको रातो गाडी चढेर जन्तीसहित पुग्नु भएको थियो । सरकारले २५ जनाभन्दा बढी जम्मा भएर कुनै कार्यक्रम नगर्न भनिरहेको समयमा २०० बढी जन्ती सहभागी भएको बिहे भोजमा उपप्रमुख कँडेल सरकारी साधनस्रोतको दुरुपयोग गर्दै पुगेकोमा स्थानीयले आलोचना गरेका हुन् ।

    स्थानीयले कोरोनाको कहरको समयमा धेरै जन्ती लिएर उपप्रमुख किन आएको भनेर सोध्दा उहाँले आफूले २५ जना मात्र जन्ती ल्याउन आग्रह गरे पनि धेरै आएको स्वीकार गर्नुभयो । छिमेकीको विवाह भएका कारण आफू सहभागी भएको उहाँले बताउनुभयो ।

    सो क्रममा स्थानीयले चर्को विरोध गरे पछि उहाँ विवाह स्थल छाडेर बाहिरिनु भएको थियो। कोरोना कहरको समयमा जनतालाई भडिभाड नगर्न आग्रह गर्नुपर्ने जनप्रतिनिधि नै जन्तीको भिड लिएर जानुलाई स्थानीयले उचित मानेका छैनन् । यसले जनतामा नराम्रो सन्देश गएको स्थानीय बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.