सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अविवाहितले जन्माएको शिशु अन्त्येष्टी गर्न देवघाट पु-याएपछि ….


  •    /२३ बैशाख २०७६, सोमबार १४:४४ 
  • भरतपुर : 
    अन्त्येष्टी गर्न भनी देवघाट पु¥याईएकी एक अविवाहित आमाले जन्माएको बच्चा पुनः अस्पताल ल्याई उपचारको क्रममा मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीका अनुसार उक्त नवजात शिशु (बालिका) को मृत्यु भएको भनि आईतबार दाहासंस्कार गर्न देवघाट लगिएकोमा खाल्डोमा राखेपछि स्वास फेरेको स्थानीयले देखेपछि फर्काएर अस्पताल ल्याईएको हो ।

    चितवन मेडिकल कलेजमा आईतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको भनि चिकित्सकले जनाए पछि परिवारले अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।

    रेग्मीका अनुसार हेटौंडा घर भएकी एक अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माएकी थिईन । मृत्यु भएको भनि परिवारजनले देवघाटमा अन्त्येष्टिको तयारी गर्दै गर्दा स्थानीयले जीवितै देखेपछि बच्चालाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए ।
    त्यसको लगत्तै नवजात शिशुको हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे निधन भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले नियन्त्रणमा लिईएकी शिशुकी हजुरआमामाथि अनुसन्धान भईरहेको जनाएको छ । बच्चा जन्माउने महिलाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.