राष्ट्रिय
काठमाण्डौं, १२ माघ । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ...
काठमाडौं,१२ माघ । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित ३ करोडभन्दा करीब ८ लाख कम...
काठमाडौँ,१२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १३५४९ जनामा पिसिआर परिक्षण गर्दा ५५७१ जना र ६८१० जनामा एन्टीजेन परिक्षण गर्दा २८८३ जना गरी ८४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य...
काठमाडौँ, १२ माघ । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार सात मत खसेको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका...
काठमाडौं,१२ माघ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तैगरी भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा...
काठमाडौँ,१२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताउनुभएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार...
दाङ,१२ माघ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ। बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका...
काठमाडौं,१२ माघ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। भट्टराईले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। भट्टराइले आफूलाई कोरोना संक्रमण...
काठमाडौं,१२ माघ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहयोग दिएकी छन् । मन्त्री झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन्...
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । सो अवसरमा...













