सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा


  •    न्युजभित्तो/१७ श्रावण २०८३, आईतवार १७:३१ 
  • वीरगञ्ज (पर्सा), १७ साउन । प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका(२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका(२ घर भई चितवनको माडी नगरपालिका(९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङलाई खानतलासी गर्दा निजहरूका साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार रु ५०० दरका नोट ३१६ थान, रु २०० दरका ७५ थान नोट, रु १०० दरका नोट ३६५ थान भारतीय रकम फेला परेकाले प्रतिबन्धित भारतीय नोटसहित दिपेश र तिलकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । निजहरूका साथबाट ना१०प ४४६९ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.