सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण


  •    न्युजभित्तो/१५ श्रावण २०८३, शुक्रबार १२:४६ 
  • बागमती, १५ साउन । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा अवस्थित दक्षिणकाली मन्दिर यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

    हेटौँडाको व्यस्त बजारबाट करिब एक किलोमिटर दक्षिणपश्चिममा रहेको यस मन्दिरमा बिहान बेलुका साथै विशेषगरी सार्वजनिक बिदाको दिन र महत्वपूर्ण तिथिमा दर्शनार्थीहरू आउने गरेको दक्षिणकाली मन्दिर क्षेत्र पर्यटन विकास समितिका कोषाध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रत्येक वर्ष दसैँको नवरात्रका समयमा हेटौँडा र आसपासका क्षेत्रबाट सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । 

    मन्दिर स्थापनाको इतिहास भने त्यति लामो नभएको उल्लेख गर्दै उहाँले काठमाडौँ चाल्नाखेलस्थित दक्षिणकालीकै स्वरुपमा यस मन्दिरको निर्माण गरिएको बताउनुभयो ।

    सुरुमा हाल मन्दिर भएको ठाउँमा तत्कालीन सांसद लोकबहादुर थापाको सहयोगमा चौर बनाइएको थियो ।

    कोषाध्यक्ष श्रेष्ठका अनुसार यस चौरमा सानो पोखरा युवा क्लबले खेल मैदान बनाउन खोजे पनि ठाउँ पर्याप्त नभएपछि स्थानीयवासीको सक्रियतामा दक्षिणकालीको मन्दिर निर्माण गरिएको हो ।

    काठमाडौँको दक्षिणकालीकै स्वरुपमा चाल्नाखेलमा मूर्ति बनाउन लगाएर स्थापित गरी २०६५ जेठ १७ मा मन्दिरको विधिवत् उद्घाटन गरिएको उहाँले जानकारी दिनुभयो ।

    मन्दिर स्थापनायता यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न दक्षिणकाली मन्दिर क्षेत्र पर्यटन विकास समिति निरन्तर लागिरहेको छ ।

    मन्दिरलाई पर्यटनसँग जोड्नका लागि यहाँ परिसरमा वनभोजस्थल निर्माण गरिएको छ । मन्दिरको अन्य कुनै आयआर्जनको स्रोत नभएपछि वनभोजस्थललाई उपयोग गर्न दिएबापत केही शुल्क सहयोगस्वरुप लिने गरिएको छ ।

    वनभोजका लागि आउने समूहलाई यहाँ रहेका जालीसहितको ट्रष्ट उपयोग गरेबापत दुई हजार, मन्दिरको उत्तरतर्फ रहेको ट्रष्ट उपयोग गरेबापत एक हजार ५०० रुपैयाँ तथा परिसरमा नै रहेका अन्य दुई वटा स्थल उपयोग गरेबापत एक÷एक हजार रुपैयाँ सहयोग शुल्क लिने गरिएको उहाँले जानकारी दिनुभयो ।

    मन्दिरको पूजाआजा एवं संरक्षण गरेबापत पुजारीलाई मासिक नौ हजार रुपैयाँका साथै वनभोजस्थल उपयोगका लागि दिएबापत आउने सहयोग शुल्कमध्येबाट दुई÷दुई सय रुपैयाँका दरले पारिश्रमिक स्वरुप उपलब्ध गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।

    संस्थालाई विधिवत् रुपमा सञ्चालनका लागि विधान दर्तासँगै समाजकल्याण परिषद्मा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

    विभिन्न विवाह तथा धार्मिक कार्यमा वनभोजस्थलमा रहेका ट्रष्टको उपयोग गरेबापत सोहीअनुरुप नै सेवा शुल्क लिइने तथा परिसरमा निर्माण गरिएको संरचना उपयोग गरेबापत पाँच सय रुपैयाँ दरले सेवा शुल्क लिने गरिएको छ ।

    पूर्वाधार विकासका साथै तिनीहरूको संरक्षण र उपयोग गर्दै मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुसार नै संस्था निरन्तर रुपमा लागिरहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
    • हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण
    • प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल
    • धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.