सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह


  •    न्युजभित्तो/१५ श्रावण २०८३, शुक्रबार १२:२९ 
  • काठमाडौँ, १५ साउन । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

    पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो ।

    पर्यटन विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गतेकोे हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सरोकार भएका सबैसँग आग्रह गरिएको छ । बेपत्ता नेपाली आरोहीमा पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जा ‘निम्स दाइ’ रहेका छन्।

    बेपत्ता नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.