सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार ११:०८ 
  • काठमाडौँ, १३ साउन । सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ ।

    ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ । 

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोही व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।  

    स्वास्थ्य मन्त्रालयको आग्रहबमोजिम भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलबार सबै स्थानीय तहलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयनका लागि परिपत्र गरेको हो । 

    परिपत्रमा होटल, रेस्टुरेन्ट, चमेनागृह, क्यान्टिन, भोजनालयलगायत खाद्य सेवा प्रदान गर्ने व्यवसायले स्थानीय तहबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न भनिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रमा सञ्चालित खाद्य व्यवसायको नियमित अनुगमन, निरीक्षण र आवश्यक व्यवस्थापन गर्नुपर्नेछ ।

    ऐनअनुसार तोकिएको मापदण्ड पूरा गरेका खाद्य पदार्थ मात्र बिक्री–वितरण गर्नुपर्ने हुन्छ । खाद्य पदार्थको प्रकृतिअनुसार बिक्री कक्ष वा भण्डारणस्थलमा आवश्यक तापक्रम र आद्रता कायम गर्नुपर्ने तथा खाद्य पदार्थ तयारी र बिक्री–वितरण हुने स्थान सधैँ सफा र स्वच्छ राख्नुपर्ने पनि परिपत्रमा उल्लेख छ । त्यसैगरी, खाद्य पदार्थको पहिचान र स्रोत खुल्ने व्यवस्था कायम गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहनुभएको छ: अर्थमन्त्री डा वाग्ले
    शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
    नेपालमा बाघको सङ्ख्या ४२९
    • संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ: संयोजक दाहाल
    • सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
    • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
    • शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ: सभापति थापा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.