सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार ११:०० 
  • दाङ, १३ साउन । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ । 

    कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन् । यस्तै, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । 

    प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो ।

    कार्यालयले एक वर्षको अवधिमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरेको छ । घोराहीबाट पाँच हजार १७९, तुलसीपुरबाट सात हजार २६७ र लमहीबाट दुई हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।

    त्यसैगरी, ४१९ नाबालक परिचयपत्र वितरण गरिएको छ भने १७ हजार २२२ वटा राहदानी जारी गरिएको कार्यालयले जनाएको छ । राहदानीमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीबाट सात हजार ५७९, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पाँच हजार ६२७ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार १६ वटा वितरण गरिएको छ ।

    गत आर्थिक वर्षमा ७१ हजार ४७० जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ भने पाँच हजार ८५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । 

    राष्ट्रिय परिचयपत्र दर्तामध्ये जिल्ला प्रशासन कार्यालयबाट ३३ हजार ५०२, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २६ हजार ६० र इलाका प्रशासन कार्यालय लमहीबाट ११ हजार ९०८ जनाको विवरण दर्ता गरिएको छ ।

    कार्यालयका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई निरन्तरता दिएको उल्लेख गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.