सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम


  •    न्युजभित्तो/११ श्रावण २०८३, सोमबार १८:५५ 
  • चितवन, ११ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा ‘एन्टिबायोटिक’को जिम्मेवार प्रयोग, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अबधारणका विषयमा किसानलाई तालिम दिइएको छ ।

    ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैङ्क, जिनेक्स र साथगुरुको सहयोगमा उक्त तालिम दिइएको हो ।

    एन्टिमाइक्रोबियल भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी (फङ्गस) र परजीवी जस्ता सूक्ष्मजीवलाई मार्ने वा वृद्धि रोक्ने औषधि हो । तालिममा चितवन र नवलपुर जिल्ला ५३ जना पशुपालक किसानको सहभागिता थियो । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी महिलाको सहभागी हुनुहुन्थ्यो ।

    त्यस अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन डा शङ्कर बसैलाले पशुपालन क्षेत्रको दिगो विकासका लागि किसानमा वैज्ञानिक ज्ञान, जैविक सुरक्षा र जिम्मेवार औषधि प्रयोगको संस्कार विकास हुनु आजको आवश्यकता रहेको बताउनुभयो ।

    तालिमका अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार तथा पशुचिकित्सा विषयका प्राध्यापक डा सुवीर सिंह, पूर्वउपकुलपति प्राडा होमबहादुर बस्नेत, प्राडा मनोजकुमार शाह, प्राडा रेवन्तकुमार भट्टराई, डा अनिलकुमार तिवारी, डा शेखर पोखरेल र डा रामकृष्ण यादवले विषयगत जानकारी र अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गर्नुभएको थियो ।

    त्यस अवसरमा किसानले आफ्नो दैनिक पशुपालन अभ्यासमा देखिएका रोग व्यवस्थापन, एन्टिबायोटिकको उचित प्रयोग, खोप, जैविक सुरक्षा, पशु स्वास्थ्य, उत्पादन व्यवस्थापन तथा अन्य व्यावहारिक समस्यासम्बन्धी जिज्ञासा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.