सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम


  •    न्युजभित्तो/११ श्रावण २०८३, सोमबार १७:०२ 
  • चितवन, ११ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताउनुभएको छ । माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भन्नुभयो ।

    उहाँले भन्नुभयो, “राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन ।”

    चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्ने उहाँले जानकारी दिनुभयो । जङ्गलको सडक निर्माण हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले निकुञ्जको रूख गणना भइरहेको छ । त्यसपछि सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्छ । यो जङ्गलको बाटो त बन्छ, बन्छ ।” यत्रो वर्ष बितिसक्दासमेत जनताले जङ्गलको बाटो नै माग गर्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्षभित्र जङ्गलको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउँदै निर्वाचन सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “माडीलाई अलौकिक ढङ्गबाट विकास गर्नका लागि हामी एक ठाउँमा उभिऔँ । समाजमा जस्तो पनि टिकाटिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौँ ।”

    माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउँछु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.