सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक


  •    न्युजभित्तो/१० श्रावण २०८३, आईतवार १७:०७ 
  • काठमाडौँ, १० साउन । बाल साहित्य सम्बन्धी सातवटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । 

    हामी दाजुभाई,  ब्रिटिश काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमालगायतले बाल कथा सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । 

    सो अवसरमा शान्ति सापकोटाको ‘मितिनी’, सन्जोग ठकुरीको ‘ममीघर’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, सुशीला तामाङको ‘आइतीको बिहे’, अस्मिता बादीको ‘हैतमाको हिम्मत’, बिना थिङको ‘नामको कथा’ र सङ्गीता उराँवको ‘सुर्जीको उज्यालो’ गरी सातवटा कथा सङ्ग्रह सार्वजनिक गरिएका थिए । 

    कार्यक्रममा शिक्षाविद् माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

    कार्यक्रममा बाल साहित्यकार प्रमोद प्रधानले हिमाल, तराइ र पश्चिमी नेपालको कथा बाल साहित्यमा कम लेखिएको बताउनुभयो । कार्यक्रममा प्रा डा तारानिधि भट्टराई, केन्द्रका अध्यक्ष अनन्त वाग्ले, स्रष्टा गङ्गा कर्माचार्य पौडेल, कलाकार अनामिका गौतम, सामाजिक अभियानकर्मी गौरी नेपाली, ब्रिटिश काउन्सिलका युक्ता खड्का आचार्य, विद्यालय तहका बालिकाद्वय सरला आचार्य र प्रिया थापालगायतले बाल साहित्यमा कथा विधाको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.