सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’


  •    न्युजभित्तो/८ श्रावण २०८३, शुक्रबार १६:४० 
  • काठमाडौँ, ८ साउन । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने जनाएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

    मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म आठ हजार २६० राहदानी छापिसकेको छ । हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, छ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालनमा रहेको छ । त्यस्तै आठ वटा नेपाली नियोगमा कुनै पनि समय अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

         प्रवक्ता पौडेलले प्रणाली स्थिरीकरणको चरणमा केही प्राविधिक समस्या देखिनु अपेक्षित रहेको उल्लेख गर्दै सम्बन्धित प्राविधिक टोलीले ती समस्याको समाधान गरिरहेको बताउनुभयो  ।

         मन्त्रालयकाअनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा शीघ्र पुर्‍याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । साथै, नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सक्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’
    झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ: शिक्षामन्त्री
    • बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन
    • कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
    • अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
    • सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.