सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै


  •    न्युजभित्तो/८ श्रावण २०८३, शुक्रबार १६:३५ 
  • भद्रपुर (झापा), ८ साउन । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कारागारको क्षमता ७५० जना रहे पनि हाल  एक हजार ५८५ जना कैदीबन्दी छन् ।

    कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी तथा मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा रहेको कारागार प्रशासन प्रमुख भट्टराईले जानकारी दिनुभयो । त्यसमध्ये ७८ जना महिला  छन् ।

     भद्रपुर कारागारमा विदेशी नागरिकको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । प्रशासनको विवरणअनुसार हाल १४७ जना विदेशी नागरिक कारागारमा रहेका छन्, जसमा भारतका ११८ जना र भुटानका २९ जना छन् ।

    क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा दैनिक व्यवस्थापनमा चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन र क्षमताबीच पनि व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सुधारका कामलाई निरन्तर अघि बढाउने प्रयास गरिरहेका छौँ ।”

    भौतिक संरचना साँघुरो र कैदीबन्दीको अत्यधिक चापका कारण फोहोरमैला तथा ढल व्यवस्थापनमा पनि समस्या भएको छ । कारागारबाट निस्कने फोहोर र ढलका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएपछि स्थानीयले कारागारलाई सहर बाहिर स्थानान्तरण गर्न माग हुँदैआएको छ ।

    प्रमुख भट्टराईका अनुसार भद्रपुर-१० स्थित कोशी प्रदेश प्रशिक्षण केन्द्र नजिक आफनै १० बिघा जमिनमा नयाँ भवन निर्माण गर्न नापी कार्यालय झापालाई जग्गा नापजाँचका लागि पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख भट्टराई  भन्नुभयो, “नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य चाँडै अघि बढाउने योजना छ ।” 

    सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ कारागार भवन निर्माणका लागि पहिलो चरणमा रु एक करोड ७५ लाख बजेट विनियोजन भइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’
    झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ: शिक्षामन्त्री
    • बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन
    • कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
    • अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
    • सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.