सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै


  •    न्युजभित्तो/८ श्रावण २०८३, शुक्रबार १४:२२ 
  • महेन्द्रनगर, ८ साउन । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ ।

    लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा लागुऔषधसम्बन्धी मुद्दामा २० महिला र तीन सय ८९ पुरुष जनालाई पक्राउ गरिएको छ ।

    “बितेको एक वर्षमा लागुऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएको थियो ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भन्नुभयो, “दिनहुँजसो लागुऔषधसहित मासिन पक्राउ परेकै छन् । हामीले कारबाही र सचेतनासँगै अघि बढाएका छौँ ।”

    उहाँले कञ्चनपुर कैलालीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेको कारबाही सङ्ख्याबाट स्पष्ट भइसकेको बताउनुभयो ।

    “प्रहरीलाई अहिलेको मुख्य चुनौती भनेकै लागुऔषध नियन्त्रण गर्नुछ ।” रावतले भन्नुभयो, “कारागारमा पनि ३५ प्रतिशतभन्दा लागुऔषध मुद्दाकै व्यक्तिहरु छन् ।”

    प्रहरी र स्थानीय प्रशासनको पहलले मात्रै लागुऔषध नियन्त्रण सम्भव नहुने भएकाले समाजका सबै नागरिक र स्थानीय सरकार गम्भीर प्रहरीको भनाइ छ ।

    कञ्चनपुर प्रहरीले गत आर्थिक वर्ष २०८२र८३ वर्ष खैरो हेरोइन ६५८ ग्राम, चरेश साढे ६ किलोग्राम, गाँजा ५२६ ग्राम र ट्याबलेट ७२६ वटा बरामद गरेको थियो । जिल्ला प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनका क्रममा जिल्लाभरबाट ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कैद सजाय भुक्तानका लागि पक्राउ परेका अभियुक्तलाई अदालत हँुदै कारागार चलान गरेको प्रहरीको भनाइ छ । जरिवानाबाफत असुलउपर गर्न पर्ने रु दुई करोड ४५ लाख असुल गराएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.