सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशीमा ७४ प्रतिशत धान रोपाइँ


  •    न्युजभित्तो/७ श्रावण २०८३, बिहीबार १६:४६ 
  • विराटनगर, ७ साउन । कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

    कोशी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बू गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये नौ हजार २४१ हेक्टरमा धान रोपाइँ गरिएको छ ।

    कोशी प्रदेशको मध्य पहाडका आठ जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ६७ हजार ७१७ हेक्टर धान लगाउने क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।

    यस्तै कोशी प्रदेश तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी गरी एक लाख ९३ हजार २८५ हेक्टर धान लगाउने क्षेत्रमध्ये कूल एक लाख ४६ हजार ३४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो ।

    कोशी प्रदेशमा आठ लाख २६ हजार ६४६ हेक्टर जग्गा कृषियोग्य रहेको तथ्याङ्क छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन
    कोशीमा ७४ प्रतिशत धान रोपाइँ
    नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा
    • सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ
    • त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
    • गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने
    • कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.