सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढोरपाटन आवातजावतमा सास्ती


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १५:४२ 
  • गण्डकी, ५ साउन । यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ ।

    फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो ।

    “पानी पर्नासाथ पहिरा खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ”, वडाध्यक्ष घर्तीले भन्नुभयो, “यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो ।”

    बुर्तिबाङदेखि फल्लेघरसम्म २८ किमी सडक ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने बाँकी तीन किमी खण्ड जीर्ण र अस्तव्यस्त छ । विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी–ढोरपाटनअन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ । समयमा सडक नबन्दा हरेक बर्खायाममा ढोरपाटनको यातायात सेवा प्रभावित हुने गरेको हो ।

    ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्य याममै सडक बिग्रँदा व्यवसायीहरु चिन्तित रहेको बताउनुभयो । “सडकले धेरै समस्या पारेको छ, यही कारणले गत वर्षभन्दा अहिले कम पर्यटक आइरहेका छन्”, उहाँले भन्नुभयो, “सडक, सञ्चारलगायतको असुविधाका कारण ढोरपाटनको पर्यटनलाई असर पुर्याइरहेको छ, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।”

    पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन् । यहाँको उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन, वर्षात्मा हरियै देखिने डाँडापाखा आदि नियाल्न पर्यटकहरू यो याममा ढोरपाटन पुग्ने गर्छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
    ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व
    गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
    • यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
    • कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
    • ढोरपाटन आवातजावतमा सास्ती
    • बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.