सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १५:३७ 
  • नेपालगन्ज (बाँके), ५ साउन । नेपाल प्रहरीले बाँके जिल्लामा गत असार महिनामा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेख्य प्रगति हासिल दाबी गरेको छ ।

    जिल्ला प्रहरीले गत असारमा मात्रै २१६ वटा मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस महिनामा जघन्य अपराधका ११, गम्भीर प्रकृतिका ५८ र सामान्य अपराधका १४७ वटा मुद्दा दर्ता भएका थिए ।

    जघन्य अपराधका मुद्दामा १० वर्षमाथि सजाय हुने र गम्भीर प्रकृतिका घटनामा तीनदेखि १० वर्षसम्म सजाय हुने प्रावधान रहेको प्रहरीले जनाएको छ । त्यस्ता मुद्दामा कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध कारोबार, अपहरण तथा शरीर बन्धकलगायत रहेका छन् ।

    प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १६ वटा मुद्दामा १४ जनालाई पक्राउ तथा आर्थिक अपराधसम्बन्धी ५४ वटा घटना दर्ता भएको उहाँले बताउनुभयो ।

    प्रहरीले चालु मुद्दाका १५७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सार्वजनिक चासो रहेका ५४ वटा थाँती रहेका मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एकवटा मुद्दासमेत दर्ता गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ९२ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट ४५ वर्ष तीन महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । उनीहरूबाट रु ४७ लाख १० हजार ३५१ बिगो तथा क्षतिपूर्ति रकमसमेत असुल गरिएको जनाएको छ । महिलामथि हुने घरेलु हिंसासम्बन्धी ५२ वटा मुद्दामध्ये ४९ अदालत पठाइएको जानकारी दिइयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.