सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १५:३५ 
  • बागमती, ५ साउन । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ ।

    गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवर्द्धन र विकाससँगै ती घरबासलाई उत्पादनसँग जोड्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनुभयो ।

    उहाँका अनुसार गाउँपालिकाले मकवानपुरगढी गाउँपालिका–२ गढीदरबारस्थित होमस्टेका र ढुङ्गेगढीस्थित होमस्टे तथा वडा नं ८ बुढीचौरस्थित होमस्टेलगायतलाई व्यवस्थित बनाउन खोजिएको छ ।

    गाउँपालिकाले कृषि पर्यटनमा पनि जोड दिँदै आएको छ । त्यस पालिकाको वडा नं ८ मा प्रदेश तथा स्थानीय तहको साझेदारीमा उन्नत तरकारी बाली विकास तथा वडा नं ३ मा गाई पकेट कार्यक्रम सञ्चालन भइरहेको छ । पालिकाबाट भदौ–असोजमा दैनिक २२–२३ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

    पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला विकास गरिने नीति अघि बढाउँदै पालिकाले पशु बिमा, खोप, कृत्रिम गर्भाधान, घाँस उत्पादनमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

    कृषि क्षेत्रलाई उत्पादनमुखीमात्र नभई बजारमुखी बनाउने सोचका साथ पालिकाले रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार, किसान परिचयपत्र तथा उत्पादनमा आधारित प्रोत्साहनलाई संस्थागत गरिने जनाएको छ ।

    पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, बिपी पार्क तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीतिसमेत पालिकाले अघि सारेको छ ।

    भाषा, कला, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण गर्दै तामाङ संस्कृति, लोकबाजा, परम्परागत ज्ञान र स्थानीय पर्वको प्रवर्द्धन गरिने अध्यक्ष स्याङ्तानले स्पष्ट पार्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.