सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार ११:१८ 
  • जनकपुरधाम, ५ साउन । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिनुभयो ।

    यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले बताउनुभयो । सो कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावारको चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

    कार्यालय प्रमुख चौधरीका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–स्थित सोनबर्षा विद्यालय परिसरमा रु १६ लाखको लागतमा ‘हिरत पार्क’ निर्माण गरिएको छ । पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थीलाई खेलकुदका लागि खुला स्थान निर्माण गरिएको प्रमुख चौधरीले बताउनुभयो ।

    यसैगरी धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरी रु २४ लाखको लागतमा संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । सो योजनाअन्तर्गत पोखरीमा घाट निर्माण तथा वरपरको क्षेत्र व्यवस्थित बनाइएको प्रमुुखको भनाइ छ ।

    उहाँका अनुसार धनगढीमाई मन्दिर परिसरमा रु चार लाखको लागतमा पार्क निर्माण गर्नुको साथै जिरोमाइलस्थित पार्क रु तीन लाख ६० हजारको लागतमा मर्मत गरिएको छ । वन क्षेत्रको संरक्षणका लागि बलानमाई सामुदायिक वन, सुबेदार चौरी सामुदायिक वन तथा बलान खोला सन्यासी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।

    झ्वाई खोल्सी सामुदायिक वन र राजदेवी चुरे सामुदायिक वनमा सिमसार संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन्। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदानसमेत उपलब्ध गराइएको प्रमुख चौधरीले बताउनुभयो । कार्यालयले वन पैदावारको अवैध कटानी तथा ओसारपसार नियन्त्रणका लागि नियमित गस्तीलाई निरन्तरता दिएको जनाएको छ ।

    सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ । वन पैदावार चोरी तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि पनि नियमित अनुगमन तथा गस्ती सञ्चालन चोरी तस्करीमा कमी आएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

    वन संरक्षणसँगै सार्वजनिकस्थलको सौन्दर्यीकरण, सिमसार संरक्षण, वृक्षरोपण तथा सामुदायिक वनको सुदृढीकरणमार्फत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वय गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.