जनकपुरधाम, ४ साउन । नेपाल खानेपानी संस्थान लहानले लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ । संस्थानले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कामलाई अघि बढाएको हो ।
शाखा प्रमुख राकेश गोइतका अनुसार हालसम्म महसुल नबुझाउने १४० जना उपभोक्ताको धारा काटिएको छ । बक्यौता रकम भुक्तानी गरे लगत्तै पुनः धारा जडान गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हाल रु ७१ लाख ८० हजार ३१६ बक्यौता रकम असुल हुन बाँकी छ ।
बक्यौता नतिर्ने उपभोक्ताको विवरण सङ्कलन गरी कालोसूचीमा राख्ने तयारीसमेत भइरहेको प्रमुख गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार लहान नगरपालिकाको मात्रै रु २६ लाख बक्यौता बाँकी छ । नगरपालिकाका विभिन्न वडामा जडान गरिएका सार्वजनिक धाराको महसुल भुक्तानी हुन नसक्दा समस्या देखिएको भन्दै उहाँले सार्वजनिक स्थानमा जडान गरिएका ५६ वटा धारामध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेका जानकारी दिनुभयो ।
साथै घरेलु तथा साना उद्योग कार्यालय, सडक डिभिजन कार्यालय, यान्त्रिक कार्यालय, रामकुमार उमाप्रसाद स्मारक अस्पताल, रेडक्रस सोसाइटीलगायत सरकारी निकाय तथा विभिन्न व्यक्ति र संस्थाबाट पनि बक्यौता उठाउन बाँकी रहेका प्रमुख गोइतले बताउनुभयो । सेवा नियमित र प्रभावकारी बनाउन समयमै महसुल तिर्न सबै उपभोक्तालाई आग्रह गर्दै बक्यौता असुली अभियानलाई अझ कडाइका साथ लागू गरिने उहाँको भनाइ छ ।रासस