सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास


  •    न्युजभित्तो/३ श्रावण २०८३, आईतवार १६:०४ 
  • महेन्द्रनगर, ३ साउन । खड्के बुढा दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरमा बस्न थालेको २०२४ सालदेखि हो । भारतसँग सिमाना जोडिएको कुतियाकवर गाउँका तत्कालीन समयमा १०० भन्दा बढी परिवार बस्थे । तर अहिले ३२ वटा परिवार मात्रै गाउँमा छन् । 

    भौगोलिक रुपले जिल्लाकै विकट बस्तीमा पर्ने कुतियाकवरमा स्थानीयले लामो समयदेखि बाढी, कटानको समस्या खेप्दै आउनुपरेको बुढाको भनाइ छ । “विसं २०२४ मा बस्ती बस्दा रहरले भन्दा पनि सीमाको हेरचाह गर्ने मनसायले बसेको थियो, विगतको अन्धकारबाट उज्यालोतर्फ आए पनि बस्तीमा बाढी र कटानको त्रास ठूलो छ, यसै कारणले यहाँबाट बसाइँ सर्नेको सङ्ख्या बढ्दो छ ।”

    कञ्चनपुरको महाकाली नदी र जोगबुढा नदीको दोसाधा नजिकै पर्ने उक्त बस्तीमा हरेक वर्ष वर्षातका बेला नदी कटानले प्रताडित हुने गरेको बुढाको भनाइ छ । “दुई नदीको दोसाँधमा ५०÷६० मिटर तटबन्ध बनाएर बस्ती जोगाउनुपर्ने थियो”, उहाँले भन्नुभयो, “दुई साताअघि आएको बाढीले आठ वटा जाली भत्काउनुका साथै दुई स्पर बगाएर क्षति गरे पनि गाउँलेले श्रमदानबाट अस्थायी तटबन्ध बनाएका छौँ ।”

    विसं २०७५ अघिसम्म कुतियाकवरवासी बस्ती आवातजावत गर्ने जोगबुढा नदीमा डुङ्गाको साहारा लिन्थे । आठ वर्षअघि जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा विस्थापित भयो । “डुङ्गाको कठिन यात्राबाट झोलुङ्गे पुल बनेपछि सहज भयो, गाउँमा बिजुली बत्तीलगायतका विकास पनि भयो”, उहाँले भन्नुभयो, “तर विसं २०३९ यता बाढी र कटानको त्रासदीबाट मुक्त हुन सकेनौँ ।” 

    कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर सुनारले बस्तीमा बाढीका बेला उद्धारका लागि नेपाली सेना र दातृ निकायले गरी दुई वटा सेफ हाउस निर्माण गरेका छन् । “दुई नदीले यहाँ सयौँ बिघा जमिन काटिसक्यो, अनुगमनका लागि नेतादेखि प्रशासक आउँछन्”, उहाँले भन्नुभयो, “हामी सुख र रहरले सीमामा बसेका होइनौँ, बस्तीसँगै माटो जोगाउन बसेका हौँ । सीमाका रक्षक भयौँ तर वास्ता कहीँबाट भएन ।”

    पछिल्लो समय जङ्गली जनावर र छाडा पशुचौपायाले गाउँमा निकै नोक्सानी पु¥याइरहेको सुनारको भनाइ छ । “तटबन्ध निर्माणको काम अझै ३५र४० मिटरमा बाँकी छ”, उहाँले भन्नुभयो, “भारतले दशगजा क्षेत्रबाट आफ्नोतर्फ अहिले पनि तटबन्ध बनाएर कटान जोगाउने काम गरिरहेको छ ।”

    दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले उक्त क्षेत्रमा ७०० मिटर तटबन्ध बनिसकेको बताउनुभयो । “बस्तीको पानीको निकास नहुँदा ३० मिटर तटबन्ध भत्किएको थियो, अहिले सबैको सहयोगले अस्थायी रुपमा तटबन्ध जोगाउने गरी काम गरिएको छ”, उहाँले भन्नुभयो । 

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, महेन्द्रनगरका प्रमुख राजनराज भट्टराईले कुतियाकवरको पानी निकासको काम गरिने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुधबारदेखि वर्षा कम हुने
    पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    • साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    • भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.