सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरु पाल्ने किसानलाई प्रोत्साहन


  •    न्युजभित्तो/३ श्रावण २०८३, आईतवार ११:४५ 
  • गण्डकी, ३ साउन । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । 

    आर्थिक वर्ष २०८१÷८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो । 

    किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको  महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । 

    गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१, वडा नं २० का ४८, वडा नं २२ का २८, वडा नं १८ का ३१, वडा नं २८ का ३२, वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं। १३ का १२, वडा नं १९ का आठ, वडा नं २७ का छ, वडा नं २६ का पाँच, वडा नं २५ का तीन, वडा नं ३२ का ११ र वडा नं ६ मा दुई÷दुई र वडा नं १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.