सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो


  •    न्युजभित्तो/१ श्रावण २०८३, शुक्रबार १३:२७ 
  • काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।

    हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरुले पहेँलो वस्त्र लगाउने गर्छन् ।

    काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आउनुभएका अहमद मुसलमान पछिल्लो समय आफ्नो पसलमा चुरापोतेको व्यापार बढेको बताउनुहुन्छ । “अरु समयमा दैनिक आठ÷१० हजारको व्यापार हुन्थ्यो, पछिल्लो दुई चार दिनमा दैनिक २० देखि २५ हजारको व्यापार हुने गरेको छ”, उहाँ भन्नुहुन्छ ।

    सोही क्षेत्रका अर्को व्यवसायी हसन अन्सारी चुरापोते किन्नका लागि आफ्नो पसलमा पनि मानिसको भीड लाग्ने गरेको बताउनुहुन्छ । “बिहेको याममा हाम्रो पसलमा ग्राहक बढी मात्रामा आउनुहुन्थ्यो, साउन सुरु हुनलाग्दा ग्राहक अन्य समयकोभन्दा बढी आउनुभएको छ”, अन्सारी भन्नुहुन्छ ।

    साउन सुरु हुनु अगाडि काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा ग्राहकको चहलपहल बढेको छ । विशेषगरी विवाहित महिलाले साउन महिनामा हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण बजारमा यसको व्यापार बढेको हो । यस्तै, ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लगाउने महिलाको भीड देखिन्छ ।

    राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ ।

    हरियो चुरा र पोते खरिदका लागि गोङ्गबुबाट इन्द्रचोक आउनुभएकी सरस्वती दवाडी साउन महिनामा हरियो चुरा र पोते लगाउँदा सांस्कृतिक परम्पराको संरक्षण हुने बताउनुहुन्छ । 

    यस्तै, साउन महिनामा परिवार र साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने तथा धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन् ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाएको किंवदन्तीका आधारमा महिला व्रत बस्दा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको बताउनुहुन्छ ।

    “साउन महिना हरियोसँग सम्बन्धित महिनासमेत हो, यो महिनामा वर्षा बढी हुने, बोटबिरुवामा पालुवा चढ्ने, प्रकृति सुहाउँदो संस्कृतिका लागि पनि महिलाले हरियो चुरा र पोते लगाउने गरेका छन्”, उहाँ भन्नुहुन्छ । तीज नजिकिँदै जाँदा चुरापोतेको महत्व झन् बढ्दै गएको उहाँको भनाइ थियो ।

    चुरापोते लगाउने संस्कृति भारतबाट आयतित संस्कृति भएको आचार्य पन्थी बताउनुहुन्छ । भारतमा बढीमात्रामा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.