सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित


  •    न्युजभित्तो/१ श्रावण २०८३, शुक्रबार ११:३६ 
  • महेन्द्रनगर (धनुषा), १ साउन । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन् ।

    असारको अन्त्यसम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ । सिँचाइको सुविधा नभएका गाउँमा किसान आकासे पानीकै भरमा खेती गर्ने भएकाले यस वर्ष धान उत्पादन घट्ने चिन्ता बढेको छ ।

    लक्ष्मीनियाँ गाउँपालिकाका किसान गोविन्द यादवले समयमै वर्षा नहुँदा रोपाइँ गर्न नसकेको बताउनुभयो । उहाँले धानको बेर्ना तयार भए पनि खेतमा पानी नभएकाले रोपाइँ रोकिएको र केही दिनभित्र वर्षा नभए बेर्ना नै नष्ट हुने अवस्थामा पुग्ने दुःखेसो गर्नुभयो ।

    अर्का किसान रामजीवन साहले मोटरबाट सिँचाइ गर्दा इन्धन र विद्युत् खर्च धेरै हुने भएकाले सबै किसानका लागि यस्तो व्यवस्था सम्भव नहुने बताउनुहुन्छ । उहाँका अनुसार खेतीको लागत बढ्दै गएको छ भने उत्पादन घट्ने चिन्ताले किसान थप समस्यामा परेका छन् ।

    किसान दुखरन यादवले हरेक वर्षझैँ यस वर्ष समयमै धान रोप्ने तयारी गरे पनि वर्षा नहुँदा खेत बाँझै रहने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले धानखेती नै परिवारको मुख्य आयस्रोत भएकाले उत्पादन घटे आर्थिक समस्या हुने बताउनुभयो ।

    लक्ष्मीनियाँ गाउँपालिकाकै किसान दुखरण मण्डलले आकासे पानीको अभावले अधिकांश किसान समस्यामा परेको बताउनुभयो । सरकारले सिँचाइ सुविधा विस्तार, कृषि विद्युतीकरण र किसानलाई राहत उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

    जिल्लाका धेरै स्थानमा धान रोपाइँ हुन बाँकी छ । पर्याप्त वर्षा नभए यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आउन सक्ने उनीहरूको भनाइ छ । किसानले दीर्घकालीन सिँचाइको व्यवस्था, कृषि उपकरणमा सहुलियत र अन्य राहत कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । यतिबेला जिल्लाका किसान आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा छन् ।

    क्षिरेश्वरनाथ नगरपालिकाका किसान रामरूप दासले पनि आकासे पानी नपर्दा खेती गर्न निकै कठिन भएको बताउनुभयो । उहाँले मोटर र दमकलको सहायताले एक बिघा खेतमा धान रोप्न सफल भए पनि अझै तीन बिघा जमिनमा रोपाइँ गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

    “इन्धनको खर्च दिनप्रतिदिन बढिरहेको छ । मोटर र दमकल चलाएर सबै खेतमा सिँचाइ गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अब केही दिनभित्र राम्रो वर्षा नभए बाँकी खेतमा धान रोप्नै सकिँदैन ।”

    समयमै पर्याप्त वर्षा नभए धान उत्पादनमा उल्लेख्य कमी आउने र त्यसको असर किसानको आम्दानी तथा खाद्य सुरक्षामा पर्ने भन्दै उहाँले सरकारले तत्काल वैकल्पिक सिँचाइको व्यवस्था गरी किसानलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.