सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती


  •    न्युजभित्तो/३२ असार २०८३, बिहीबार १३:०४ 
  • ढोरपाटन (बागलुङ), ३२ असार । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ ।

    चार वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहर बढ्न थालेको ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरले बताउनुभयो ।

    पाटनभरी छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरुप बनाएको घर्ती मगरले सुनाउनुभयो । पर्यटकले जथाभावी फोहर गर्ने मात्र नभइ बुकीपाटनका फूलसमेत कोपिलामै टिप्दा वनफूल नै मासिने जोखिम बढेको छ । समुन्द्री सतहदेखि चार हजार २०० माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहर बढ्दा सरसफाइ गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ ।

    बुकीपाटन बागलुङको एउटा अनुपम सम्पत्ति भएकाले त्यहाँको सुन्दरताको बयान जति नै गरे पनि कम हुनेछ । त्यहाँको सुन्दरतासँग रमाउन दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्ने गरेकामा पछिल्लो समय त्यस क्षेत्रको अवलोकन गर्न जाने व्यक्तिले प्लास्टिक र सिसामा खानेकुरा बोकेर जाने र खाएपछि त्यही नै फ्याँकेर हिड्ने प्रवृत्ति वातावरण संरक्षणका लागि घातक देखिएको छ ।

    बुकीपाटन क्षेत्रमा मात्रै नभई ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । त्यस्ता फोहोर व्यवस्थापनमा सिकार आरक्षले पनि चासो दिनुपर्ने स्थानीयको भनाइ छ ।

    बुकीपाटनमा पर्यटकले फालेको प्लास्टिकजन्य फोहर घासँमा मिसिर वस्तुभाउले खाँदा बिरामी परेर मर्ने गरेको ढोरपाटन नगरपालिका–६ का किसान तुलबहादुर अदैले गुनासो गर्नुभयो । फोहोर फल्नका लागि गोठालाले ठाउँठाउँमा खाल्डो निर्माण गरी दिएपछि पर्यटकले जथाभावी फल्ने गरेको स्थानीयको भनाइ छ । बुकीपाटनको गर्पाछेडा, दहखर्क, फुर्सेदेउराली, टीकाधारा, फागुने क्षेत्रमा बढी फोहर गरेको स्थानीय अदै बताउनुहुन्छ ।

    स्थानीय कुलबहादुर विकले अघिल्लो वर्ष बुकीपाटनमा छरिएका प्लास्टिक खाएर करिब ६० वटा भेडाबाख्रा र गाईभैँसी बिरामी परेको बताउनुभयो । पोसिलो घाँस खुवाउन बागलुङसहित रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट गोठालाले आफ्ना वस्तुभाउ लिएर त्यहाँ जाने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
    आलेख: आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
    • चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
    • बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
    • जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
    • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.