सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान


  •    न्युजभित्तो/३२ असार २०८३, बिहीबार १२:०५ 
  • भक्तपुर, ३२ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ । 

    सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ ।

    मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन रु एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । रु दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ । भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पतालसहितका निकायसँग समन्वय गरिएको छ ।

    सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले मन्दिरमा दर्शनका लागि छुट्टै लाइनको व्यवस्था गरिएको र मेला व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्ने बताउनुभयो । मेलालाई सुरक्षित बनाउन डोलेश्वर क्षेत्र र आसपास ५५ वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिने छ । डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।

    यसैगरी, साउन महिनामै नजिकै रहेको आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने छ । आगामी साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा सुरु गरी डोलेश्वर मन्दिरमा पु¥याएर मेलाको उद्घाटन गरिने समितिले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.