सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हतुवागढीद्वारा उत्कृष्ट तीनजना किसानलाई सम्मान


  •    न्युजभित्तो/३२ असार २०८३, बिहीबार ११:२७ 
  • भोजपुर, ३२ असार । भोजपुरको हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा योगदान पु¥याउने तीन जना उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ ।

    कृषितर्फ हतुवागढी–७ का मानबहादुर राई र हतुवागढी–१ का नरबहादुर तामाङ र पशुपालनतर्फ हतुवागढी–२ लुङगिनका चक्रबहादुर थापा सम्मानित भएका हुन् । सम्मानित किसानलाई सम्मानपत्रसहित जनही रु १५ हजार नगद प्रदान गरिएको छ ।

    गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले कृषिलाई सम्मानजनक पेसाका रूपमा स्थापित गर्न उत्कृष्ट किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने गाउँपालिकाको नीति रहेको उल्लेख गर्नुभयो ।

    कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । गाउँपालिकाले कृषकलाई आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार अनुदान, तालिम, प्रविधि हस्तान्तरणलगायतका कार्यक्रममार्फत कृषकको क्षमता अभिवृद्धि गरिँदै आएको छ ।

    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले कृषिमा उत्कृष्ट काम गर्ने किसानलाई छनोट गरेर उनीहरुलाई सम्मान गरिएको बताउनुभयो । कृषिलाई व्यावसायिक बनाउन यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश दिने उहाँको भनाइ छ ।

    गाउँपालिकाले आगामी दिनमा पनि उत्कृष्ट काम गर्ने कृषकलाई प्रोत्साहन गर्दै कृषि तथा पशुपालन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ । साथै उत्पादन वृद्धि, बजार व्यवस्थापन र मूल्य अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिकाको भनाइ छ ।

    यसैबीच गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने ११ जना कर्मचारीलाई पनि नगदसहित सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीलाई जनही रु ११ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । उत्कृष्ट कार्यसम्पादन गर्ने लेखा अधिकृत खेमराज भट्टराईसहित ११ जना कर्मचारी र एक जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.