सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार १६:४१ 
  • काठमाडौँ, ३१ असार । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँहरूलाई दुवै सुरक्षा सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभयो ।

    संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तरराष्ट्रिय सहयोग, सङ्गठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

    सम्मेलनका क्रममा न्युर्योक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उक्त सम्मेलनमा भाग लिन उहाँहरू यही असार २१ गते त्यसतर्फ जानुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.