सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार १६:२८ 
  • काठमाडौँ, ३१ असार । राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा परेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    उहाँहरूले आजको बैठकको शून्य समयमा रासायनिक मलको सहज आपूर्तिका साथै प्रेस स्वतन्त्रताको संरक्षण, सुकुमवासी समस्या समाधान, मिटरब्याज पीडितलाई न्याय तथा लागुऔषध नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

    सांसद गीता देवकोटाले गोदाममा मल पर्याप्त मौज्दात रहेको दाबी गरिए पनि किसानको खेतसम्म रासायनिक मल पुग्न नसकेको बताउँदै समयमै मलको उपलब्धता सुनिश्चित गर्न आग्रह गर्नुभयो । 

    सांसद चन्द्रबहादुर केसीले किसानले मलको अभाव झेलिरहेको, कर्णाली प्रदेशमा सडक दुर्घटना बढिरहेको, ट्राफिक जरिवाना वृद्धिले सर्वसाधारण प्रभावित भएको तथा मिटरब्याज पीडितको समस्या यथावत रहेकाले सरकारले तत्काल समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो । 

    सांसद मीनासिंह रखालले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै अभिव्यक्ति स्वतन्त्रताको पूर्ण संरक्षण गर्न सरकारसँग माग गर्नुभयो । 

    सांसद रञ्जित कर्णले सुकुमवासीको समस्या लामो समयदेखि समाधान हुन नसकेको उल्लेख गर्दै उनीहरूको व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 

    यसैगरी, सांसद रेखाकुमारी झाले आधारभूत सेवासुविधाबाट सुकुमवासी वञ्चित हुनुपरेको उल्लेख गर्दै उनीहरूको आवास तथा जीवनयापनको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद रोश्नी मेचेले नेपालमा युवामाझ लागुऔषध प्रयोग बढ्दै गएको भन्दै नियन्त्रणका लागि नीतिगत बहस सुरु गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

    यसैगरी, सांसद वासुदेव घिमिरेले मिटरब्याज पीडितलाई शीघ्र न्याय दिलाउन सरकारसँग माग गर्नुभयो । 

    सांसद सम्झना देवकोटाले गोरखामा चैते धान, लिची तथा तरकारी उत्पादनमा कमी आएको उल्लेख गर्दै जलवायु तथा कृषि समस्याबाट किसान प्रभावित भएकाले उनीहरूको संरक्षण र राहतका लागि सरकार उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

    सांसद सुनिलबहादुर थापाले कोशी प्रदेशमा मौसम अनुकूल भए पनि मल अभावका कारण धान रोपाइँ अपेक्षाअनुसार हुन नसकेको भन्दै किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन आग्रह गर्नुभयो । 

    बैठकको शून्य समयमा सांसद सोमनाथ पोर्तेल, खम्मबहादुर खाती, रामकुमारी झाँक्री र धर्मेन्द्र पासवानले पनि मल अभाव, प्राकृतिक विपद्, बाढीपहिरो, महँगीलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.