सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार १४:१४ 
  • काठमाडौँ, ३१ असार । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष मीना बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले आज संयुक्त रुपमा गुम्बा शिलान्यास गर्नुभएको दूतावासले जनाएको छ ।

    भारत सरकारको करिब रु तीन करोड ३० लाख आर्थिक सहयोग उक्त गुम्बाको निर्माण गरिनेछ । त्यस गाउँपालिकामार्फत कार्यान्वयन गरिने उक्त उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको छैटौँ हो ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बस्नेत तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहिआएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र समृद्धिलाई अगाडि बढाउने नेपालको प्रयासलाई सहयोग गर्नेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.