सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार १२:२५ 
  • तानसेन (पाल्पा), ३१ असार । अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन् ।  

    पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् ।  

    यहाँका मिन सी,  सुकुमार सीलगायत नेता  राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा सक्रिय छन् ।  उहाँहरु विगत तीन वर्षदेखि धान, गहुँ, आलुखेतीमा लागेका हुन् । 

    किसानलाई उत्पादनमा प्रेरित गर्ने र कृषि आयातलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पाल्पामा ८० रोपनी जग्गा भाडामा लिएका छन् । त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका हुन् । 

    प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने सीहरु अहिले हातमा कोदाली लिएर खेतमा हिलोसँगै रमाएको देख्न सकिन्छ । 

    सुकुमार सीले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नुसरह भएको  भन्दै उत्पादनतर्फ लागेको बताउनुभयो । 

    सीले भन्नुभयो, “नेता आत्मनिर्भर भए कसैसँग चन्दा उठाउन नपर्ने बताउनुभयो । मुलुक कृषि प्रधान देश भए पनि  कृषिमा आत्मनिर्भर हुन नसकेको उहाँको भनाइ छ । “चन्दा उठाएर होइन, काम गरेर खानुपर्छ”, सीले भन्नुभयो । गतवर्ष १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु, उत्पादन भएको थियो ।  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.