सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार ११:२८ 
  • गोरखा, ३१ असार । गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो ।

    निरन्तरको सूचना र समन्वयपछि पसलवालाहरूले मङ्गलबार स्वःस्फुर्त आफ्ना घरटहरा खाली गरेका हुन् । वन क्षेत्रभित्र रहेका ३५ भन्दा धेरै घरटहरा यही असार ३० गतेभित्र खाली गर्न समयसीमा दिएर निरन्तर सचेत र सुसूचित गरेपछि पसल सञ्चालकहरूले त्यहाँका घरटहरा छाड्न तयार भएका डिभिजन वन कार्यालयले जनाएको छ ।

    नगरपालिकाभित्रका सार्वजनिक जग्गा हडपेर बनेका घरटहरा हटाउने गोरखा नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको थियो । सोही निर्णयपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वन डिभिजन कार्यालय, सबडिभिजन कार्यालय, ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले सो सार्वजनिक जग्गा खाली गर्न सूचित गरेको थियो ।

    बारम्बार लिखित तथा मौखिक गरेर सार्वजनिक जग्गा खाली गर्न आह्वान गरेपछि पसल धनीहरूले घरटहरा खाली गरेका वन डिभिजन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिनुभयो । सबै घरटहरा खाली भइसकेपछि त्यसलाई हटाएर वन क्षेत्रलाई तारबार गरी सुरक्षित गरिने डिभिजनल वन अधिकृत शाण्डिल्यले बताउनुभयो ।

    आँबुखैरेनी–गोरखा सडकबाट छेपेटारतर्फ जाने चोकमा सार्वजनिक जग्गा कब्जा गरी विगत २० वर्षदेखि बजार सञ्चालनमा छ । विसं २०७३ मा हटाउने प्रयास भए पनि केही समयपछि फेरि बजार पुनःस्थापित भएको थियो । “अब फेरि वनको जग्गा कब्जा गर्न नमिल्नेगरी तारबार गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले नापजाँच गरिसकेका छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.