सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार ११:२५ 
  • महेन्द्रनगर (कञ्चनपुर), ३१ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायत समस्याका कारण पालिकाका नागरिक प्रभावित हुने गरेको पुनर्वास नगरपालिकाले जनाएको छ ।

    विपद् तथा बाढीका बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक थान रवर बोट र दश थान ‘लाइफ ज्याकेट’लगायतका उद्धार सामग्री नगरपालिकाले उपलब्ध गराएको सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाँले उक्त सामग्री पुनर्वासमै रहेको सशस्त्र प्रहरी बलको बिओपीलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

    त्यसैगरी, सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले मङ्गलबार पुनर्वास नगरपालिकामा सीमावासीसित अन्तक्र्रियासमेत गरेको छ । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबीच सीमा क्षेत्रमा देखिएका समस्या, लागुऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले जनाएको छ ।

    स्थानीयहरूले भारतबाट घरायसी प्रायोजनका लागि सर्वसाधारण नागरिकले ल्याउने सामान्य सामानमा धेरै दुःख दिन नहुने धारणा राखेका थिए । अखाद्य वस्तु तथा तस्करीजन्य सामग्री हो या होइन छुट्याएरमात्रै कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् । स्थानीय बजार नै बन्द हुने अवस्था सृजना भएको बताउँदै नेपालमा खोर र भारतबाट कुखुरा ल्याउनेजस्ता गतिविधिमा नियन्त्रण गर्न सशस्त्र प्रहरीले जोड दिनुपर्ने सुझाव दिएका छन् । यस्तै लागुऔषध नियन्त्रणमा जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले कञ्चनपुरमा हाल चारवटा सीमा सुरक्षा पोस्ट ९बिओपी०मा नयाँ भवन निर्माण भइसकेको र आगामी वर्ष थप तीनवटा बिओपीमा नयाँ भवन निर्माण हुने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले व्यक्तिगत प्रयोजनका लागि रु ५०० भन्दा बढी मूल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रण गरिने स्पष्ट पार्नुभयो ।

    खराब नियतका सुरक्षाकर्मीमाथि तत्काल कारबाही हुने बताउँदै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभयो । गत वर्ष असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै पत्रकारलाई पुराना तस्बिर प्रयोग नगर्न र आवश्यक परे नयाँ तस्बिर माग्न आग्रह गर्नुभयो । सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गरी काम भइरहेको उहाँले बताउनुुभयो । साथै, विपद् स्वयंसेवक परिचालन तथा ‘लुना एप’ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    कार्यक्रमका पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गर्नुभयो । तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामानमाथि भने कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लागुऔषध पुनर्वासका लागि गम्भीर चुनौती बनेको बताउँदै केही स्थानीय युवा यसको चपेटामा परेको बताउनुभयो ।

    किसानलाई मल ल्याउन सहज वातावरण बनाउन, जनप्रतिनिधिको सुझाव सुरक्षा निकायले सुन्न, वडाध्यक्षहरूसँग नियमित समन्वय गर्न पनि उहाँले सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्का समयमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.