सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुल निर्माणको सात महिनापछि उद्घाटन


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार ११:१६ 
  • तनहुँ, ३१ असार । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ जोड्ने चुँदी खोलामाथिको पक्की पुल निर्धारित समयभन्दा सात महिना अगाडि नै सम्पन्न भएको छ । 

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु १० करोड १० लाख ९१ हजार १६६ पैसा लागतमा सो पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिनुभयो ।

    पुलको निर्माण असार १० गतेसम्म पूरा गर्ने समयसीमा रहेकामा गत पुसमै सम्पन्न भएको थियो ।

    उक्त पुल निर्माण सम्पन्न भएसँगै डुम्रे बजार हुँदै लमजुङ, गोरखा र मनाङ जाने सवारीसाधन आवतजावतमा सहज भएको छ । 

    पुल बनाइनुअघि डुम्रे बजार क्षेत्रमा आवतजावत गर्ने सन्दर्भमा सवारी चापको समस्या थियो । 

    पुल सञ्चालनमा आएसँगै मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन र निजी गाडी डुम्रे बजार प्रवेश नै नगरी सिधै आफ्नो गन्तव्यमा जान सकिने भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले बताउनुभयो । 

     गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त पुलको गत सोमबार उद्घाटन गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.