सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी


  •    न्युजभित्तो/३० असार २०८३, मंगलवार १६:४६ 
  • काठमाडौँ, ३० असार । नेपाल प्रहरीले नागरिकले सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवानाबापतको रकम सिधैँ नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ ।

    सत्य, तथ्य र आधिकारिक जानकारीबिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने जनाउँदै उहाँले जरिवानाबापत ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रष्ट पार्नुभयो ।

    विज्ञप्तिमा भनिएको छ, “ट्राफिक प्रहरीले जरिवाना काटेबापत कुनै पनि अतिरिक्त शुल्क (सुविधा) प्राप्त गर्ने कानुनी व्यवस्था छैन ।” प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न सबै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.