सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै


  •    न्युजभित्तो/२८ असार २०८३, आईतवार १३:३७ 
  • इनरुवा (सुनसरी), २८ असार । जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।

    मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताउनुभएका उहाँले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।

    केही वर्षअघिका धान खेतमा उहाँले काँक्रा, बोडी, करेला, खुर्सानी, भण्टा फलाउनुुभएको छ । यसबाट वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी हुने गरेको छ । 

    उहाँका अनुसार बिउ, मल, जनश्रम तथा अन्य उत्पादन खर्च कटाउँदा कुल आम्दानीको करिब ५० प्रतिशत बचत हुने गरेको छ । उहाँलाई व्यावसायिक बनाउन कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्दै आएको छ । 

    ज्ञान केन्द्रबाट भिन्डी र बैगुन खेतीका लागि आवश्यक बिउ, मल, मल्चिङ प्लास्टिक तथा विषादी छर्कने ट्याङ्की लगायतका सामग्री अनुदानमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

    रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उहाँ उपयुक्त जमिन र बजार व्यवस्थापन हुन सके कृषि क्षेत्रबाट पर्याप्त आम्दानी गर्न सकिने  बताउनुहुन्छ । खेतबारीमा काम गर्ने मानिस नपाउँदा उहाँ खिन्न हुनुहुन्छ । सागसब्जीको उचित मूल्य नपाएको उहाँको गुनासो छ । 

    कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा व्यावसायिक तथा मौसमी रूपमा करिब सात हजार पाँच ५०० हेक्टरमा सागसब्जी खेती हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.