सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’


  •    न्युजभित्तो/२६ असार २०८३, शुक्रबार १३:२२ 
  • दाङ, २६ असार । तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा साढे छ बिघा जमिनमा यतिखेर गोलभेँडा, बोडी, काँक्रा र भेडे खुर्सानी निकै राम्रोसँग उत्पादन भइरहेको छ ।

    त्यहाँ उत्पादन भइरहेको तरकारी देखेर आश्चर्य मानेका व्यक्तिको प्रतिक्रिया सुनेर किसान वसन्त भण्डारी भने हर्षित हुनुहुन्छ । उहाँको पसिना र पौरखले बारीभरि बेमौसमी तरकारीखेती लहलह छ । त्यही कारण भण्डारीको पहिचान पनि फेरिएको छ ।

    हिजो प्रहरी सुरक्षाकर्मीको पहिचान बनाउनुभएका उहाँले अहिले व्यावसायिक सफल कृषकको चिनारी पाउनुभएको छ । उहाँको तरकारीखेती त्यस क्षेत्रकै एक नमूना बनेको छ, जसले उपभोक्तालाई मात्र नभई अरु कृषकलाई पनि लोभ्याइरहेको छ । वरपरका जमिनका बीचमा हरियाली रहेको तरकारीखेतीका बीच लटरम्म फलेका र पाकेका गोलभेँडा तथा बेमौसमी बोडी, काँक्रा, भेडेखुर्सानी, सिमी, काउली, बन्दा, धनियाँको उत्पादन राम्रो देखिएको छ । कृषक भण्डारीले ती तरकारीका बेर्ना समेत तयार गरी बिक्री वितरण गर्दैआउनुभएको छ । त्यसबाट पनि उहाँले मनग्गे आम्दानी प्राप्त गर्न सफल हुनुहुन्छ ।

    अहिले जिल्लाका किसानका लागि उहाँ एक सफल कृषकको उदाहरण बन्नुभएको छ । यसअघि भण्डारी नेपाल प्रहरीमा रहँदा विभिन्न ठाउँमा १६ वर्ष सेवा गरी २०७९ सालमा सेवा निवृत्त हुनुभएको थियो । प्रहरी सेवाबाट बाहिरिएपछि आफ्नै गाउँमा वर्षौंदेखि खण्डहर रहेको साढे छ बिघा जमिन मासिक करिब दुई लाख भाडामा लिएर तरकारीखेतीको सुरुआत गरेको हो ।

    भण्डारीले थोपा सिँचाइ तथा मल्चिङ प्रविधिबाट खेती गरिरहनुभएको छ । सुरुको वर्षमा उन्नत जातको मकै र तोरीखेती गर्नुभएकामा उहाँले मकैबाट सन्तोषजनक आम्दानी प्राप्त गर्न नसकेपछि दोस्रो वर्षदेखि बेमौसमी तरकारीखेती सुरु गर्नुभएको थियो ।

    उहाँ भन्नुहुन्छ, “बेमौसमी तरकारीखेतीबाट अहिले सोचेभन्दा राम्रो आम्दानी भएको छ, सबै खर्च कटाएर वार्षिकरुपमा रु २५ देखि ३० लाखसम्म बचत गर्न सकेको छु ।” तरकारीखेतीमा अहिलेसम्म रु २० लाखबढी लगानी र अहिले १५ जनालाई रोजगारी दिनुभएको छ ।

    कृषक भण्डारीले उत्पादन गर्नुभएका व्यपारीले खेतबाटै उठाएर लैजाने गरेका छन् । त्यहाँका उत्पादन तुलसीपुर, घोराही, काठमाडाँै, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायतका सहरमा पुग्ने गरेको भण्डारी बताउनुहुन्छ ।

    नेपाल कृषि प्रधान देश भएको र मुलुक अर्थतन्त्रमा कृषिक्षेत्रको महत्वपूर्ण योगदान रहेकाले सरकारले यस क्षेत्रलाई सहयोग, समन्वय र सहजीकरण गर्नुपर्ने उहाँको सुझाव छ । देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र युवालाई लक्षित गरी स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय सञ्चालनमा ल्याइनुपर्नेमा आवश्यकता रहेको औँल्याउनुहुन्छ ।

    साथै स्थानीय सरकारले कृषकका उत्पादन तरकारीको मूल्य निर्धारण गरी बजार व्यवस्थापनमा सहयोग पु¥याउनुपर्ने उहाँको भनाइ छ । तरकारी उत्पादनको क्षेत्रमा पाएको सफलताले कृषक भण्डारी छोटो समयमै उदाहरणीय बन्न सफल हुनुभएको छ ।

    कृषक भण्डारीलाई तुलसीपुर उपमहानगरपालिकाको गत चैतमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ भने राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरले पनि उत्कृष्ट ऋणीका रुपमा सम्मान गरिसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेम्केमैयुङमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम
    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो: प्रधानमन्त्री शाह
    • नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण
    • अवकाशपछि कृषि उद्यम: पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती
    • पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न
    • ‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.