सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङ कारागार बजेट अभावमा रोकियो


  •    न्युजभित्तो/२५ असार २०८३, बिहीबार १२:५४ 
  • लमजुङ, २५ असार । बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भइ १०९ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

    भवन विकास तथा निर्माण कार्यालय, कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनःनिर्माणका लागि रु १७ करोड ७४ लाख लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेस भएको लमजुङ कारागारका निमित्त जेलर पृसा गौतमले जानकारी दिनुभयो । कारागार विसं २०२८ मा निर्माण भएको थियो ।

    हाल कारागारमा कैदीबन्दी छैनन् । लेखा अधिकृतको पद रिक्त छ । कारागारमा छ जना कर्मचारी कार्यरत छन् ।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मर्मतबाट सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो । कैदीबन्दी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन, आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय, जनशक्ति र खर्च लाग्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.