सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका


  •    न्युजभित्तो/२५ असार २०८३, बिहीबार ११:३४ 
  • नवलपुर (नवलपरासी), २५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ ।

    गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बजारमा पाइने पेय पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवद्र्धन गरिएको बताउनुभयो । “हामीले पालिकाको हरेक कार्यक्रममा सहभागीलाई महीले स्वागत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक कार्यक्रममा केमिकलयुक्त पेय पदार्थको साटो मही प्रयोग गर्दा स्थानीय किसानलाई समेत लाभ पुग्ने गरेको छ ।” पालिकाले महीलाई प्रवद्र्धन गर्ने नीति लिएको भए पनि कार्यपालिका बैठकबाट भने निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    “महीलाई प्रवर्द्धन गर्न भनेर हामीले सञ्चालन गर्ने सार्वजनिक सुनुवाई, नगरसभासहितका अन्य सार्वजनिक कार्यक्रममा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थलाई प्रयोग गरेका छैनौँँ”, उहाँले भन्नुभयो, “तर, नीतिगत रुपमा भने त्यस्ता पेय पदार्थलाई प्रतिबन्ध गरिएको छैन । यद्यपि व्यवहारमा भने प्रतिबन्धित जस्तै छ ।” अघोषित रुपमा गैँडाकोटले बहुराष्ट्रिय कम्पनीको ‘कोल्ड ड्रिङ्स’ निषेध गरेको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादन दही र महीलाई प्रोत्साहन गर्न पालिकाले गर्मीको समयमा महीले पाहुनालाई स्वागत गर्न लागेको लामगादेको भनाइ छ ।

    किसानलाई फाइदा पुगोस् भनेर कार्यक्रममा मही प्रयोग गर्न लागिएको उहाँले बताउनुभयो । “गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिङ्स’ भन्दा दही र मोही प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले यसलाई प्रवर्द्धन गरेका हौँ”, उहाँले भन्नुभयो, “अब यसलाई नीतिगत रुपमा नै अगाडि बढाउने तयारी गरेका छौँ ।”

    आयुर्वेद चिकित्सक डा कोपिला अधिकारीले मही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि उत्तम मानिने बताउनुभयो । आयुर्वेदमा महीलाई तक्र भनिने उल्लेख गर्दै उहाँले महीमा सक्खर वा मिश्री मिलाएर खानाले रसायनको काम गर्दै शरीरलाई आनन्द दिनुका साथै वात, पित्त निवारण हुने बताउनुभयो । मही सेवन गर्ने तरिकाबारे उल्लेख गर्दै डा अधिकारीले भन्नुभयो, “एक गिलास महीमा एक÷दुई चिया चम्चा जीरा अथवा मिठा सुपको धुलो मिसाएर पिउँदा यसले स्वास्थ्यलाभ मिल्छ ।”

    वात दोष प्रकुपित भै शरीर दुख्ने, पेट दुख्ने, पेट फुल्ने आदि भएमा अम्ल रस युक्त महीमा चिया चम्चाको एकचौथाइ सुठो एवं सिधे नुन मिलाएर पिउँदा फाइदा पुग्ने उहाँको भनाइ छ । मही सेवन शितकाल, अग्निमान्ध्य, वात रोग, अरुचि, ग्रहणी, अर्श, फिस्टुला, फिसर, मधुमेह, अतिसार, स्नायुदौर्वल्य आदिमा अमृत समान लाभदायक हुने उहाँले बताउनुभयो । तर, ग्रिष्म ऋतु, दुर्बल व्यक्ति, मुर्छा, भ्रम, दाह तथा रक्तपित्त रोग भएका व्यक्तिले मही सेवन गर्न नहुने उहाँको भनाइ छ ।

    “नियमित रुपमा महीको सेवन गर्नाले शरीरको आमपाचन एवं शोधन भई शरीरमा विषाक्त तत्व जम्मा हुन पाउँदैन, तसर्थ विविध किसिमका रोगहरुबाट बच्न मद्दत पु¥याउँछ”, उहाँले भन्नुभयो । गर्मी महिनामा तयारी जुसहरुको सेवन गर्नुभन्दा मही पिउनु धेरै राम्रो हुने उहाँले बताउनुभयो । उहाँले महीको गुणस्तरमा भने ध्यान दिनुपर्ने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.