सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण


  •    न्युजभित्तो/२५ असार २०८३, बिहीबार ११:३१ 
  • भोजपुर, २५ असार । यहाँको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ ।

    अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो ।

    स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारतर्फ उन्मुख गराई उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो । “सहयोग मात्रै होइन । आयआर्जनसँग जोडिने खालका कार्यक्रममार्फत दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

    कार्यक्रमअन्तर्गत गाउँपालिकाले छ वटा कुटानीपिसानी मिल वितरण गरेको छ। यसैगरी सुगुरपालनका लागि १९ जना, कुखुरापालनका लागि एक जना, अदुवाखेतीका लागि तीन जना र एक जनालाई हिलट्याङ्क उपलब्ध गराइएको छ । यी सामग्रीले लाभग्राहीलाई साना घरेलु उद्यम सञ्चालन गर्न मद्दत गर्ने गाउँपालिकाको भनाइ छ ।

    स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन लक्ष्यले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ ठूलोदुम्माका स्थानीय दीपक राईले बताउनुभयो । प्राप्त सामग्रीले आफ्नो दैनिकी सहज बनाउने उहाँको भनाइ छ । “यसले घरमै बसेर काम गर्न सकिने अवस्था बनाएको छ”, उहाँले भन्नुभयो, “अब आम्दानीको बाटो खुल्ने विश्वास छ,। गाउँपालिकाले गरेको सहयोगले हामी असक्तहरुलाई लाभ पुगेको छ ।”

    गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय उत्पादनलाई बजारसँग जोड्न तिवारीभन्याङमा ‘कोसेली घर’ निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उक्त कोसेली घरमार्फत उत्पादन गरेका कृषि सामग्री सङ्कलन तथा बिक्री–वितरण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले १ देखि ६ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले रु चार लाख ६० हजार बराबरको बजेटमा कार्यक्रम सञ्चालन जानकारी दिनुभयो ।

    गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लक्षित समुदायलाई उत्पादन र बजार व्यवस्थापनसँग जोड्ने योजना बनाएको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.