सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १४:२९ 
  • जनकपुरधाम, २४ असार । धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ ।

    पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ ।

    कमला नदीमाथिको झोलुङ्गे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला दिनमा भीड नै लाग्न थालेको छ । पुलबाट वरपरको दृश्य समेट्नेगरी टिकटक बनाउन र फोटो खिच्न तँछाडमछाड गरेको देखिन्छ ।

    करिब एक हजार ५४४ मिटर लामो उक्त झोलुङ्गे पुलले धनुषाको जनकनन्दिनी गाउँपालिका–४ कठाल र सिरहाको सिरहा नगरपालिका–१३ मल्हनियालाई जोडेको छ ।

    पुल निर्माणसँगै वर्षौँदेखि डुङ्गा तथा वैकल्पिक जोखिमपूर्ण माध्यम प्रयोग गरेर नदी वारपार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको धनुषाको जनकनन्दनी गाउँपालिका–३ का सन्दीप साहले बताउनुभयो । सङ्घीय सरकारको रु २८ करोडको लागतमा निर्माण भएकोे थियो ।

    निर्माण सम्पन्न भएर २०८० साल माघबाट पुल सञ्चालनमा आएपछि विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बजारसम्म पुग्न लाग्ने समय उल्लेख्य रूपमा घटेको छ ।

    अहिले दैनिक ठूलो सङ्ख्यामा नागरिकले त्यस पुलमार्फत सहज रूपमा आवतजावत गरिरहेका छन् । पुल निर्माणपछि दुई जिल्लाबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाएको जनकनन्दनी गाउँपालिका–३ कै रोशन यादवको विश्वास छ ।

    पुल निर्माणपछि छिमेकी मुलुक भारतको बिहारबाट आउने पर्यटकलाई समेत सहज पहुँच भएको छ । नजिकका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा साना व्यवसायी उत्साहित भएको स्थानीय मोहम्मद इमामुलको भनाइ छ ।

    हुलाकी सडकखण्डअन्तर्गत कमला खोलामा नवनिर्मित पुल भत्किएपछि झोलुङ्गे पुल कमलानदी वारपार गर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ ।

    “पहिले नदी तर्न डुङ्गामा निर्भर रहनुपर्ने अवस्था रहेकाले वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको थियो”, इमामुलले भन्नुभयो, “अहिले पुल सञ्चालनमा आएपछि वर्षभरि सुरक्षित र सहज रूपमा यात्रा गर्न सहज भएको छ ।”

    स्थानीय किसानले उत्पादन गरेका कृषि उपज, दुग्धजन्य वस्तु तथा अन्य सामग्री बजारसम्म पुर्याउनसमेत सहज भएको छ ।

    यातायात खर्च र समय दुवै घटेकाले कृषक तथा साना उद्यमी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । पुल आसपासका क्षेत्रमा चिया पसल, होटल, किराना, फलफूल तथा अन्य साना व्यवसाय विस्तार हुन थालेका छन् । स्थानीयले पर्यटन र व्यापारसँग सम्बन्धित नयाँ व्यवसाय सञ्चालन गरेकाले रोजगारी सृजना र स्थानीय अर्थतन्त्रसमेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कमला नगरपालिका–६ का मनोज यादव उक्त पुललाई केवल आवतजावतमा मात्र सीमित नगराई दुई जिल्लाको विकास, सामाजिक एकता र आर्थिक समृद्धिको आधारका रूपमा लिइनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार पुलबाट शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ ।

    जनकनन्दी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादवले उक्त झोलुङ्गे पुलको अधिकतम उपयोग गर्दै आसपासका क्षेत्रमा सडक, बजार, पर्यटकीय पूर्वाधार तथा अन्य सेवा विस्तारका कार्यक्रम अघि बढाइने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
    किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा
    आलेख– कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन
    • तुइन खोलामा पहिरो रोकथाम सुरु
    • धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
    • विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
    • सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.