सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १४:२४ 
  • दाङ, २४ असार । विषादी बिक्रीवितरण, भण्डारण वा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ ।   

    ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१’ का  अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री, भण्डारण वा व्यावसायिक कारोबार गर्न सम्बन्धित विषय हेर्ने निकायसँग अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था छ ।

    इजाजतपत्रको अवधि तीन वर्ष र लिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ वा कृषि र पशुपालनमा टिएसएलसी वा जेटिए उत्तीर्ण गरेको हुनुपर्नेछ । 

    विषादी बिक्रेताले खाद्यपदार्थ र भेटेरिनरी औषधि भण्डारण वा बिक्री गर्ने ठाउँमा विषादी राख्न नपाउने ऐनमा उल्लेख छ । त्यस्तै गर्भवती, बालबालिका, मादक पदार्थ सेवन गरेका व्यक्ति वा मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिलाई विषादी बिक्री वा प्रयोगमा संलग्न गराउन पूर्ण प्रतिबन्ध लगाइएको छ । 

    जैविकबाहेक अन्य रासायनिक विषादीको विज्ञापन सार्वजनिक सञ्चारमाध्यमबाट गर्न नपाइने, व्यावसायिक रूपमा विषादी छर्किएपछि उक्त स्थानमा सर्वसाधारणको जानकारीका लागि चेतावनीमूलक सङ्केत टाँस्नुपर्ने ऐनमा उल्लेख छ । ऐनले प्रदेशमा विषादीको प्रयोगलाई व्यवस्थित बनाउने लुम्बिनी प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.